काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) सिटौलाले सडक पूर्वाधारको पर्याप्त विकासबिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताएका छन्।
शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सिङ्गापुर, अमेरिका र युरोपका विकसित सडकको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गरे।
पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न जोड दिँदै उनले सिंहदरबारमा बसेर बनाइने अव्यावहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दाबी गरे। पूर्वाधार व्यवस्थापनका लागि सडकको क्षमता बढाउनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष सिटौलाले भने, ‘पहिला सडक र पूर्वाधारको उचित व्यवस्थापन गरियोस्, त्यसपछि नियमको प्रभावकारी कार्यान्वयन गरियोस्।
प्रदेश सरकारको भूमिकाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै उनले केवल राजनीतिक खिचातानी र सत्ताको खेलमा अल्झिएको टिप्पणी गरे ।काठमाडौँ उपत्यकामा मात्रै २३ लाख मोटरसाइकलसहित करिब २६ लाख सवारी साधन गुड्ने गरेको छ ।


0 comment