काठमाडौं - आन्तरिक राजश्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले पाँच लाख घुससहित कर अधिकृत पाल पक्राउ परेको पुष्टि गरे।

स्रोतका अनुसार एक सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फूल अडिट)गर्ने क्रममा मिलाउनुपर्ने भन्दै सुरुवातमै पाँच लाख रुपैयाँ घुस मागेका थिए । घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेस गराइएको उनीमाथि आरोप छ ।

अख्तियारको टोलीले अहिले कार्यालयमा मुचुल्का बनाउने कार्य गरिरहेको छ । घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान अघि बढाएको छ ।