काठमाडौं - बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न पुगेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा निहारिका राजपुत र बिनु यादव रहेका छन्। उनीहरू घरेलु हिंसासम्बन्धी आफ्नो मुद्दामा शीघ्र न्यायको माग गर्दै केही दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

उनीहरूले घरेलु हिंसामा परेको भन्दै अदालतमा विचाराधीन मुद्दाको छिटो सुनुवाइ हुनुपर्ने माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।