काठमाडौ:यहि श्रावण ३ गते बिहान अन्दाजी ११ बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगपालिका २६ मित्रनगर स्थित होटल माउण्टेन एल्सिभाको चौंथो तलाको कोठामा एक महिला मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले २ जनालाइ पक्राउ गरेको छ।

 उक्त घटनामा संलग्न मानिसहरूको खोजतलास गर्ने क्रममा  जिल्ला प्रहरी कार्यालय बाँकेद्धारा जिल्ला जुम्ला, चन्दननाथ गाउपालिका १ घर भइ जिल्ला बाकेँ नेपालगंञ्ज उपमहानगरपालिका बस्ने  वर्ष २० को दान बहादुर शाही र  जिल्ला दैलेख, डुड्गेश्वर गाउँपालिका ६ भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३ महाराजगंञ्ज बस्ने रमेश बुढालाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरु माथी  कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दिन ७  को  म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराले जानकारी दिनु भयो ।