काठमाडौं - काठमाडौँको कुलेश्वर क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा आज दिउँसो पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि दुई राउण्ड गोली चलाइएको जनाइएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। उनको देब्रे खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकामध्ये एक नेपाली र एक भारतीय नागरिक छन् भने उनीहरूबाट ठूलो मात्रामा औषधिजन्य लागुऔषध बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comment