काठमाडौं - सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले ऐडी परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय भएको जानकारी दिए।

मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पोखरा अन्तराष्ट्र्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृती दिने निर्णय गरेको छ। यस्तै, बैठकले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ।

त्यसैगरी, सरकारले कम्बोडीयामा आगलागीमा परी निधन भएका निराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा तोयमा राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको अर्थमन्त्री पौडेलले बताए।