काठमाडौं - काँग्रेस कर्णाली सरकारबाट बाहिरिएको छ ।
कर्णालीमा एमाले र काँग्रेसको गठबन्धनमा सरकार बनेको थियो । काँग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कडेल समक्ष सामुहिक राजिनामा बुझाएका छन् ।
समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।
मुख्यमन्त्री कडेलले मन्त्री परिषदको बैठक बोलाए पनि काँग्रेसका मन्त्रीहरु बैठकमा सहभागी भएनन् । बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कडेललाई राजिनामा बुझाएर बैठकबाट बाहिरिएका थिए । तर सरकारलाइ दिएको समर्थन फिर्ता भने नलिएको बताईएको छ । मार्ग प्रशस्त गर्नका लागि राजिनामा दिएको मन्त्रीहरुले बताएका छन् ।


0 comment