काठमाडौं - उपत्यकामा रहेको यातायात व्यवस्था कार्यालय बैदेशिक रोजगार कार्यालय र राहदानी बिभागका कर्मचारीहरुले बिचौलिया प्रयोग गरेर पैसा कमाउने थलो बनेको छ । 

केही दिन यता प्रहरीले यातायात व्यवस्था कार्यालय चन्द्रागिरि–५ गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालय काठमाडौं–१३, ताहाचलबाट १३ जना गरी ३८ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट रौतहट विजयापुर नगरपालिका - ११ का बर्ष २१ को आनन्द चौधरी,  काठमाडौं चन्द्रागिरी नगरपालिका - ८ का बर्ष २० को निशान रिजाल, सुनसरी ईटहरी न.पा - ९ का बर्ष २६ को किशोर थापा, काठमाडौं चन्द्रागिरी नगरपालिका - ८ का बर्ष ३० को नबिन श्रेष्ठ, झापा बिर्तामोड न.पा. - ६ का बर्ष २८ को अभिषेक चौधरी, मकवानपुर है.न.पा. - ३ का बर्ष २४ को सुमेश नेपाली,  काठमाडौं चन्द्रागिरी नगरपालिका - ८ का बर्ष २५ को रुबिन तामाङ, कास्की पोखरा उ.म.न.पा. - ३ का बर्ष २८ को श्रृजन थापा, चितवन खैरैनी न.पा. - १ का बर्ष ३१ को प्रदिप सुनार,  सर्लाही न.पा. - १ का बर्ष २३ को अनिश हमाल,  सि.पा पाखर गा.पा. - १ का बर्ष २२ को बिबस तामाङ,  झापा बिर्तामोड न.पा. - ६ का बर्ष २५ को आशिष खड्का,  नुवाकोट बिदुर न.पा. - १ का बर्ष २१ को आकाश बोगटी, का.जि गोकर्णेश्वर न.पा. - ८ का बर्ष २४ को पासाङ शेर्पा,  कन्चनपुर कृष्णपुर न.पा. - १ का बर्ष २३ को आकाश क्षेत्री,  अछाम साफेबगर न.पा. - ५ का बर्ष २४ को एकेन्द्र बहादुर बुढा, डडेलधुरा गनेपधुरा गा.पा. - ३ का बर्ष २३ को मनोज देउवा, बारा जितपुर सिमरा उ.म.न.पा. - ४ का बर्ष २६ को नबिन आले मगर,  गोरर्खा बिन्दीन गा.पा - १ का बर्ष २८ को बिकाश गुरुङ, नुवाकोट दुप्चेश्वर गा.पा. वडा न ७ का बर्ष २८ को टसी नङगेल तामाङ, दोलखा पौवटी गा.पा. - ९ का बर्ष २० को प्रदिप भन्ने प्रताप सिंह थापा, मोरङ सुनसरी न.पा. - २ घरभएको बर्ष २२ को अनिष कार्की, रुकुम (पुर्व) फुब्याउत्तर गंगा गा.पा.वडा नं.५ १२ घर भएका बर्ष २० को बिनय बुढा मगर,  सिन्धुली कमलामाई न.पा. - १२ का बर्ष १९ को प्रेवेश बुढाथोकी,  का.जि गोकर्गोश्वर न.पा. - ८ का बर्ष २० को दोर्जे तामाङ रहेका छन्।

त्यसै गरि बैदेशिक रोजगार तथा श्रम विभागबाट पक्राउ परेका व्यक्तिहरुमा भारत दार्जिलिङ घर भई हाल काठमाडौं - १३ बाफल बस्ने बर्ष २७ को ऋषी मोक्तान, संखुवासभा रातामाटे घर भई हाल काठमाडौं - १३ बाफल बस्ने बर्ष २६ को सन्तोष अधिकारी,  काठमाडौं - १३ ताहाचल बस्ने बस्ने बर्ष ३२ को सनम मानन्धर, काठमाडौं - १४ कुलेश्वर बस्ने बर्ष २७ को बिशाल रिसाल, झापा कनकाई न.पा. - ४ घर भई हाल काठमाडौं वडा नं १४ कलंकी बस्ने बस्ने बर्ष ३१ को कमल प्रसाद पराजुली, काठमाडौं - १४ बस्ने बर्ष २८ को पुरुषोत्तम थापा, धादिङ धुनेबेशी न.पा. - २ घर भई काठमाडौं बस्ने बर्ष ३० को सागर कुँवर, उदरपुर ताप्ले गाऊँपालिका वडा नं ५ घर भई हाल काठमाडौं - १४ कुलेश्वर बस्ने बर्ष ३२ को प्रबिन कुमार मगर, सिराह करजना न.पा वडा नं १३ घर भई हाल काठमाडौं १३ बस्ने बर्ष २६ को सागर आले, उदयपुर त्रियुगा न.पा. - ७ घर भई हाल कलंकी १४ लाम्पाटी बस्ने बर्ष २५ को दिपेश राई, रामेछाप मन्थली न.पा. - ६ घर भई हाल कागेश्वरी मनहरा न.पा वडा नं ११ बस्ने बर्ष ३० को कटक बहादुर माझी, सल्यान शारदा नगरपालिका वडा नं १५ घर भई हाल काठमाडौं - १४ ताहाचल बस्ने बर्ष ३७ को शशी प्रकाश हमाल, गुल्मी छत्रकोट ६ घर भई हाल काठमाडौं १३ बस्ने बर्ष २४ को नरेश सोमारे मगर रहेका छन्। 

उक्त घटनाका सम्बन्धमा पक्राउमा परेका ३८ जना व्यक्तिहरु उपर मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भईरहेको छ।

यस्तो कार्यालयमा पुग्ने सेवाग्राहीहरुलाइ काम सजिलै र छिटो गरिदिने भन्दै सेवाग्राहीबाट रकम असुल्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेशराज मैनालिले बताए।

उनीहरूले बुधबार र बिहीबार यातायात व्यवस्था कार्यालय, गुर्जुधारा शाखा र ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूलाई बिना इजाजत सेवा लिनेदिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजेको आरोप छ।

छिटोछरितो काम गरिदिने भनी आश्वसन दिने, गर्न नसक्ने कामलाई सरल रूपमा गरिदिने भन्दै जबरजस्ती सेवाग्राहीहरूलाई तानेर सरकारी कामकारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिइरहेको, अभद्र व्यवहार गरी अनुचित लाभसमेत लिइरहेको भन्ने गुनासो आएपछि खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई छिटो काम गरिदिन्छौं भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन्। यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ।