महोत्तरी :जिल्ला महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास चोकस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ७००२ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ३५.०४ ग्राम खैरो हेरोइन सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा जिल्ला डडेल्धुराको साविक रूपाल गा.वि.स समिति-७, हाल भागेश्वर गाउपालिका -१ बस्ने २६ वर्षीय पदम ठकुराठी र जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका-४, गैरीगाउँ बस्ने अन्दाजी १७ वर्षीया सुप्रिया राना मगर रहेका छन् ।
चेकजाँचका क्रममा पदम ठकुराठीको साथबाट लागुऔषध खैरो हेरोइन फेला परेको थियो । उक्त पदार्थको तौल गर्दा ३५.०४ ग्राम रहेको पुष्टि भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


0 comment