काठमाडौं - स्याङ्जाको वालिङस्थित वडा प्रहरी कार्यालयबाट एक जबरजस्ती करणीका आरोपित फरार भएका छन्।

जबरजस्ती करणीको आरोपमा पुस ११ गते पक्राउ परेका हरिनास गाउँपालिका घर भएका २४ वर्षीय रमेश क्षत्री अनुसन्धानका क्रममा वालिङ प्रहरी हिरासतमा थिए। म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङस्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा उनी पर्खाल नाघेर फरार रहेको प्रहरी नायब उरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार गएरातीदेखि नै क्षत्रीको खोजीकार्यलाई तीव्र पारिएको छ।