काठमाडौ:बुढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) अन्तर्गत सञ्चालित भक्तिवेदान्त गुरूकुलमा अध्ययनरत बालकमाथि कुटपीट, दुर्व्यवहार भएको आरोपमा इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई पाँच दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हि'रासतमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
गुरुकुलमा अध्यनरत ति नाबालकमाथि संचालक श्रेष्ठले सुइले घोच्ने, पिट्ने लगायतका दुर्व्यवहार गरेको भन्दै परिवारबाट बालबालिका ऐनविरुद्धको कसुर भएको विषयमा जा'हेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालकका परिवारले गुरूकुलमा शारीरिक र मा'निसक यातना दिएकाले कानुन वमोजिम कारबाही हुनुपर्ने माग गरेका छन् ।
सोहि गुरुकुलमा बालिकामाथि यौ'न दुर्व्यवहार भएको घटना पनि बाहिर आइसकेको छ । आरोपी ब्यक्ति अझै फरार रहेका छन् ।


0 comment