काठमाडौ:जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-५ स्थितबाट टोले गुण्डा गर्दी सम्बन्धी कसुरमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-०६ स्थायी ठेगाना भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालि का ५ स्थित बस्ने ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई विहिबार गए राती १२:०० बजेको समयमा नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानका क्रममा तामाङविरुद्ध यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेको तथ्य खुलेको छ । विवरण अनुसार उनी मिति २०७०/०४/३० गते प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा, मिति २०७५/११/१९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दामा,
मिति २०७९/११/०८ र २०८०/०४/१७ गते प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत पक्राउ परेका थिए ।
हाल उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो ।


0 comment