काठमाडौ:बहस जारी बुऐ रहदा वकिलहरुले शेरबहादुर देउवा-आरजू लगायतलाई झिकाउने  मागपछि तनावमा परेका छ्न।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ अब निरन्तर हुने भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा तीन वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनुवाइमा लगेको हो ।

बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस सुरु भएको अदालतले जनाएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले तीन वर्षअघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनुवाइमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दाहेर्दैमा राखेको बताए । यो मुद्दामा बुधबारका लागि पेसी तोकिएकामा सुनुवाइ भएर हेर्दाहेर्दैमा गएको छ ।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध १० जेठ २०८० मा किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध गरी चार कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । यही प्रकरणमा अरू दुई वटा पूरक मुद्दा पनि अदालतमा दायर गरिएको थियो ।

 यी तीन वटै मुद्दालाई सँगै (लगाउ) राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनुवाइ थालेको हो । मुद्दा दायरपछि थुनछेक बहस र आदेशसहित हालसम्म यो मुद्दामा ७४ पटक पेसी चढेकामा तीन वर्षपछि सुनुवाइ सुरु भएको हो ।