काठमाडौं - राजीनामा दिएको ४७ दिनपछि सुधन गुरुङ पुन: गृहमन्त्री बन्ने भएका छन्। शीतल निवासमा आज एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई शपथ गराए ।
सम्पत्ति छानबिन समितिले गुरुङलाई चोख्याएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुन: मन्त्री बनाएका हुन् । विवादास्पद व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित छानबिन समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सबै सम्पत्तिलाई ‘वैध’ ठहर्याएको छ। उनको सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई राज्यको कमजोर प्रणालीको रूपमा व्याख्या गरिदिएपछि गुरुङलाई गृहमन्त्रालयमा पुन : फर्किन सहज भएको हो ।


0 comment