काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ । जेठ २८ का लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अनुशासन आयोग केन्द्रीय प्रमुख भुवन केसीले मंगलबार सूचना प्रकाशित गरेर मधेश अधिवेशन रोकिएको जानकारी गराएका हुन् ।मधेसका आठ जिल्लामध्ये हालसम्म पर्साको मात्रै अधिवेशन भएको छ ।
रास्वपाले पहिलो अधिवेशन बागमतीबाट सुरु गरेको । जसअनुसार कोसीको जेठ २७, गण्डकीको २९, लुम्बिनीको ३०, कर्णालीको ३१ जेठ र सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तोकिएको छ ।


0 comment