काठमाडौ:लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हेरोईन १५० ग्राम सहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ७ ठेगाना भएका बर्ष २५ को सेख असरफ अली रहेका छन।
अलिलाई जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १५ बाट लाई लागु औषध खैरो हेरोईन १५० ग्राम, डिजिटल तराजु थान - २ र लागु औषध खैरो हेरोईन लुकाई ल्याएको स्पिकर थान-४ सहित पक्राउ गरिएको ।
पक्राउ परेका प्रतिवादी उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भई रहेको ब्युरोका प्रबक्ता दुर्गाराज रेग्मीले जानकारी दिनु भयो ।


0 comment