काठमाडौं - प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख डीपी अर्यालले बोलेका केही शब्द संसद्को रेकर्डबाट हटाउन एमालेले माग गरेको छ ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीका सम्बन्धमा बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन् । सभामुख अर्यालले नियमावलीमा व्यवस्था भएको कुरालाई पनि नभएको भनी अभिव्यक्ति दिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर विषयमा सभामुखले ३ दिन अगाडि प्रश्न लिने कुरा नियमावलीमा कहीँ पनि व्यवस्था गरिएको छैन भनेका थिए । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भन्ने व्यवस्था गरिएको छ। त्यसमा प्रधानमन्त्रीसँग कसरी प्रश्नोत्तर गर्ने, कहिले, कति भन्ने विषयमा स्पष्टसँग व्याख्या गरिएको छ ।

तर, आफ्नै कुरो भएकाले सभामुखले त्यस विषयमा कुनै ध्यानाकर्षण गरेनन् ।