काठमाडौ:काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाट गरी फरार २ जना पक्राउ गरेको छ। फरार मानिसहरूको खोजतलास गर्ने क्रममा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ जडिबुटी मनोहरा खोला करिडोर स्थित फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरी कर्मचारीलाई समेत खुर्सानीको धुलो आँखामा हाली प्रहरी कर्मचारी माथि खुकुरी प्रहार गर्न खोजेका थिए।
प्रहरी माथी आक्रमण गर्ने जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका ३ चपली भद्रकाली बस्ने वर्ष ४० को गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो। कार्किलाइ लुटपाट गरेको सिक्री थान १, मोबाइल थान १ र खुकुरी थान १ सहित पक्राउ गर्नुका साथै उक्त घटनामा संलग्न जिल्ला इलाम घर भइ विभिन्न धर्मशालामा बस्ने वर्ष ३१ को बिष्णु गुरुङलाई समेतलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो ।
प्रहरीले दिएको जानकारी अनुसार निज गणेश कार्की
२०६४।०८।०९, अभद्र व्यवहार, प्रहरी वृत बौद्ध
२०६४।०९।०८, हातहतियार खरखजाना, प्रहरी वृत बालाजु
२०६८।०१।०२, कर्तव्य ज्यान, प्रहरी वृत बौद्ध (०६८।०३।२० देखी २०७८।०६।०३ कैद सजाय भुक्तान)
२०७८।११।०३, चोरी मुद्दा, जिल्ला प्रहरी परिसर ललितपुर
२०७८।११।२६, डाँका चोरी, प्रहरी वृत गौशाला
निज गणेश कार्की उपर २०७९ सालमा डाँका चोरी कसूरमा ६ वर्ष कैद सजाय भइ केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेकोमा २०८२ भाद्र २४ गते फरार भएको र तत्पश्चात् निजले निम्न आपराधिक कार्य गरेको खुल्न आएको,
काठमाडौंको कपनमा प्रहरी माथि धुलो खुर्सानी फालेर आक्रमण
०८२।०६।०७ गते गौशालामा बिजुली पसल चोरी लुटपाट ०८२।१०।११ गते गौशालामा विदेश जाने व्यक्तिको नगद रु.५,०००।- र मोबाइल फोन लुटपाट
०८२ चैत्रमा शान्तिनगरमा मोबाइल लुटपाट
०८२ फाल्गुन महिनामा तिलगंगामा प्रहरी हुँ भनि लागु औषध र नगद लुटपाट ,पशुपति मन्दिर आसपास साँझ पख प्रहरी हुँ भनि विभिन्न व्यक्तिहरूलाई लुटपाट गर्ने गरेको,जोरपाटी क्षेत्रमा प्रहरी हुँ भनि लागु औषध लुटपाट गरेको ,सुन्दरीजल पार्किङबाट स्कुटर चोरी गरेको ,प्रहरी हुँ भनि लागु औषध दुर्व्यसनीहरूलाई लुटपाट गर्ने गरेको ,विदेश जाने व्यक्तिहरूलाई एयरपोर्ट आसपास लुटपाट गर्ने गरेको आरोपमा पटक पटक पक्राउ पर्दै सजाय भोग्दै आएको ब्यक्ती भएको हुन।


0 comment