काठमाडौं - यो वर्षदेखि स्नातक उत्तीर्ण इन्जिनियरिङका विद्यार्थीले लाइसेन्सका लागि थप परीक्षा पनि दिनुपर्ने भएको छ।
यसअघि उनीहरूले काउन्सिलबाट लाइसेन्स लिएर सिधै काम गर्न पाउँथे भने यो वर्षदेखि उनीहरूले कलेजको परीक्षा पास गरेपछि काम गर्न लाइसेन्सका लागि नेपाल इन्जिनियरिङ काउन्सिलको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको हो।
नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा. अजयकुमार झाले अबको तीन महिनाभित्र परीक्षा लिने तयारी भइरहेको बताए।
डा. झाले एक सय अंकको परीक्षामा उत्तीर्ण प्रतिशत ५० रहने जानकारी गराए। उनले यसका लागि बढीमा दुई महिनाभित्र फर्म खुल्ने जानकारी पनि गराए।
0 comment