काठमाडौं - श्रम संस्कृतिक पार्टीका अध्यक्ष हर्क साम्पाङलाई सरकारले सार्वजनिक संस्थालाई निजीकरण गर्ने कुरा मन परेन ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा जब निजीकरण गर्ने कुरा उठाए त्यसप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङ बैठकबाट बाहिरिए । भन्नलाई उनले बाहिर बसेका पत्रकारहरुलाई महत्वपूर्ण काम परेकाले आफू बाहिरिएको बताए पनि बजेटप्रति तीव्र असन्तुष्टि देखिन्थ्यो ।
जसले जे भने पनि सरकारी उद्योगहरूलाई निजीकरण गर्न खोज्नु भनेको बेच्नु सरह हो भन्ने उनको भनाइ छ । साम्पाङले भने, 'प्राइभेटलाई दिनु भनेको त बेच्नुजस्तै त हो नि ।’
उनको कुरामा पुरै सत्यता नभए पनि निजीकरण गर्दा विगतमा राम्रा भनिएका कल कारखानाहरु बन्द भएको हामीले देखेकै छौं । सरकारको बजेट वक्तव्यमा नेपाल टेलिकमको शेयर बेच्ने घोषणा गरिएको छ ।


0 comment