काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला समितिको विस्तारित बैठकमा शनिबार विवाद उत्पन्न भएपछि कार्यकर्ताले सांसदहरूलाई बैठकस्थलबाट बाहिरिन बाध्य बनाएका छन्।
कलैयामा जिल्ला अधिवेशनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा संस्थापन पक्षलाई दबाबमा राख्ने प्रयास भएपछि विवाद सुरु भएको बताइएको छ। विवाद चर्किँदै गएपछि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही सांसदहरूलाई बैठकस्थलबाट बाहिर जान बाध्य पारेका थिए।
बैठकमा रास्वपाका प्रतिनिधिसभा सदस्य चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह र गणेश धिमाललगायत नेताहरू सहभागी थिए।
पार्टीका स्थानीय नेता चन्दन स्वर्णकारलाई केही दिनअघि पार्टीबाट निष्कासन गरिएको विषयलाई लिएर रास्वपा बाराभित्र आन्तरिक विवाद बढ्दै गएको छ। सोही विषयको असन्तुष्टि बैठकमा पनि देखिएको बताइएको छ।घटनापछि जिल्ला समितिभित्रको विवाद थप चर्किने संकेत देखिएको छ।


0 comment