काठमाडौं - प्रतिनिधिसभा बैठक सुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन् ।

सो पार्टीका सांसदहरुले प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन्।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् ।

केहीबेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किएका थिए । सांसदहरु पर्चा छातीमा टाँसेर बसेका छन् ।

सभामुख अर्यालले संसदमा यसरी पर्चा देखाउने अभ्यास नरहेको भन्दै यो मर्यादित नहुने भन्दै आगामी दिनमा यस्तो कार्य नगर्न उनले चेतावनी समेत दिए ।