काठमाडौं - बालेन सरकारले सम्पत्तिको लफडा र बिचौलिया दिपक भट्टसङ्गको साझेदारी विवादमा मुछिएर राजीनामा दिएका निवर्तमान गृहमन्त्री सुधन गुरुङ्गलाई सोही जिम्मेवारीमा फर्काउन ३ सदस्यीय समिति गठन गरेको छ ।
उच्चका पूर्व न्यायाधीश अच्युत भण्डारीको नेतृत्वमा गठित समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहसचिव अच्युतमणि पौडेललाई राखिएको छ । समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याण्डेट पाएको छ । राजश्व अनुसन्धान बिभाग सम्हालिसकेका समिति सदस्य शोभाकान्तको सुधन गुरुङसङ्ग पहिलेदेखि सुमधुर सम्बन्ध रहेको मानिन्छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।
सांसद साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि संसदीय अभ्यासको इतिहासमा 'कालो धब्बा' लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप समेत लगाएका छन्।


0 comment