काठमाडौं - काठमाडौँको इन्द्रचोकमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। ‘नैना एन्ड इशान ज्वेलरी’की सञ्चालक बबिता रौनियारलाई वैशाख १७ गते दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास भएको थियो । त्यसबखत उनले प्रतिकार गरेपछि उनीहरू भागेका थिए।
खोजतालसको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका विकेश राजवाहक र अरुण भुजेल छन्। उनीहरुको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरेको छ।


0 comment