काठमाडौं - अनामनगरस्थित धोबीखोला करिडोरमा रहेको सबैभन्दा ठूलो घर पनि भत्काउन थालिएको छ । 

उपत्यकाका खोला किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत अतिक्रमण गरी बनाएको भन्दै उक्त घर भत्काएको हो । भत्काउनु अघि उक्त घरबाट सुरक्षाकर्मीले सामान निकालेका छन् ।

अहिले उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचान गरिएको छ ।यो घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभन्न व्यवसाय सञ्चालनमा छन् । यो क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरु यसअघि भत्काइसकिएको छ ।

स्थानीय प्रशासन र नगर प्रहरीको टोलीसहित पुगेको डोजरले बिहानैदेखि संरचना भत्काउन सुरु गरेको थियो।