लागु औषध कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, बुढानिलकण्ठ नगरपालिका वडा न. ५ लगायत काठमाण्डौको बिभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका ५ ठेगाना भएका २३ को कबिर देउला ,
काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका ५ ठेगाना भएका ४२ की सबिना पोडे ,जिल्ला काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका ५ ठेगाना भएका बर्ष २६ को सन्सार सिटौला ।
काठमाडौ:जिल्ला ललितपुर गोदावरी नगरपालिका ११ ठेगाना भएका बर्ष २६ को सुबास साही रहेका छ्न।
उनिहरुको साथबाट प्रहरीले नियन्त्रित लागु औषध ट्रामाडोल १६,७५० क्याप्सुल तथा पेस्तोल थान १, सोही पेस्तोलको म्याग्जिन थान ३, सो को गोली राउण्ड ४ र SLR को गोली राउण्ड २ सहित बरामद गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरु उपर थप अनुसन्धान भई रहेको लागु औषध नियन्त्रण ब्यूरोका प्रबक्ता दुर्गाराक रेग्मीले जानकारी दिनु भयो ।


0 comment