काठमाडौं - सरकारले पेस गरेका अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग छलफल गर्दै छन्। राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे कानुनविद्हरूलाई राष्ट्रपति निवास बोलाएका छन्।अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग सल्लाह लिन लागेका हुन् ।

छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। बालेन शाह नेतृत्वको सरकारले ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।  अध्यादेशमार्फत ४० भन्दा बढी कानुन संशोधनको तयारीमा बालेन सरकार रहेको छ।