विराटनगर: मोरङको विराटनगर महानगरपालिका-९ स्थित रानीबाट १९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । भारत देश जोगबनीका ३० वर्षीय मोहम्मद अब्दुल्ला र विराटनगर महानगरपालिका-१७ का बाबु मियाँ रहेका छन।
वैशाख १४ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-९ रानी स्थितबाट प्र.१-०४००२ प ०७७२ नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा मियालाइ १ सय ९१ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भई रहेको छ ।



0 comment