क्सठमाडौ: काठमाडौ प्रहरीले १२.९० ग्राम सुन र लुटपाटमा प्रयोग भएका सामानहरू सहित सिक्री लुट्ने कार्यमा संलग्न ५ जना पक्राउ गरेको छ।

पक्राउ पर्नेहर्मा जिल्ला नुवाकोट, ककनी नगरपालिका ३ वाउँखेल घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ६ बस्ने वर्ष २१ को सविन तामाङ ,soh ठेगाना बस्ने वर्ष २६ को बिमल तामाङ ,  वर्ष २१ सुजन तामाङ ,जिल्ला नुवाकोट, विदुर नगरपालिका घर भइ जिल्ला काठमाडौं, बालाजु बस्ने वर्ष ४४ को सतिस अमात्य ,जिल्ला सोलुखुम्बु घर भइ जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ४ थानकोट बस्ने वर्ष १९ को रितिका माझी रहेका छन।

पक्राउ परेका अभियुक्तहरुले काठमाडौं, चन्द्रागिरी नगरपालिका ६ मातातीर्थ फन पार्क स्थित बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाले वर्ष २९ की महिलाले घाँटीमा लगाई हिँडिरहेको अवस्थामा साढे एक तोलाको  सुनको सिक्री लुटपाट गरेको थियो ।

त्यस्तै गरि मिति २०८२ चैत्र १९ गते जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका १३ नैकाप मितेरी चोक स्थित बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाले वर्ष ७० की महिलाले घाँटीमा लगाएको डेढ तोला बराबरको सुनको सिक्री लुटपाट गरेको थियो।

 मिति २०८३ बैशाख ६ गते जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका ७ घुमाउने स्थितमा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाले एक महिलाले घाँटीमा लगाएको अन्दाजी डेढ तोला बराबरको सुनको सिक्री लुटपाट गरेको थियो।

 साथै घटना तथा सोही प्रकृतिका अन्य चोरी तथा सिक्री  लुटपाट लगायतका घटनामा संलग्न भएका निम्न ५ जनालाई लुटपाटमा प्रयोग भएका  सामान सहित काठमाडौंको तारकेश्वर नगरपालिका ४ पैयुँटार स्थितबाट नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो । 

प्रहरीले अभियुक्तहरुको साथबाट 
 सुन १२.९० ग्राम ,ठुलो रेन्ची १ थान ,सानो रेन्ची ८ थान ,खुकुरी १ थान ,पेचकस १ थान,ईलेन Key ३ थान,Honor कम्पनीको Mobile १ थान 
विभिन्न कपडाहरू बरामद गरेको छ।