काठमाडौं - गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका छन्। राजीनामालगत्तै गृहमन्त्रालय पुगेका गुरुङले त्यहाँ कार्यरत कर्मचारीहरूसँग सामूहिक भेटघाट गर्दै धन्यवाद व्यक्त गरेका हुन्। त्यसपछि उनी मन्त्रालयबाट बाहिरिएका छन्।

गुरुङको नाम विवादित व्यापारी दीपक भट्ट सँगको साझेदारीसँग जोडिएपछि चौतर्फी आलोचना भएको थियो। सोही विषयमा आफ्नो बारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै उनले बुधबार दिउँसो प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए। उनी गृहमन्त्री भएकै दिन सिंहदरबार प्रवेश गरेको रातो कारबाटै बाहिरिएका छन्।