काठमाडौ: लागु औषध नियन्त्रण ब्यूरोको टोलिले उपत्यकाको विभिन्न स्थानबाट ,लागु औषध खैरो हेरोईन ७९ ग्राम, कोकिन ३३ ग्राम र औषधीजन्य लागु औषध ट्रामाडोल १२ हजार ६०० क्याप्सुल सहित ११ जना मानिस पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर सञ्चालन गरिएको लागु औषध अपराध बिरुद्दको अप्रेशनमा काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानबाट लागु औषध खैरो हेरोईन, कोकिन र औषधीजन्य लागु औषध ट्रामाडोल क्याप्सुल कारोवारमा संलग्न ११ जना मानिसहरुलाई पक्राउ गरिएको हो ।
अप्रेशन नं. १: लागु औषध खैरो हेरोईन ७९ ग्राम सहित ३ जना मानिसहरु पक्राउ पर्नेहरुमा ,जिल्ला ईलाम देउमाई न.पा. ७ ठेगाना भएका बर्ष २८ को सुजन पाख्रिन ,जिल्ला झापा झापा गा.पा. ४ ठेगाना भएका मिन कुमार चाहार,जिल्ला झापा शिवसताक्षी न.पा. ४ ठेगाना भएका बर्ष ४० को आशिष भन्ने भगवती राई।
अप्रेशन नं. २ : लागु औषध कोकिन ३३ ग्राम सहित ४ जना मानिसहरु पक्राउ ।
गोरखा जिल्ला पालुङटार न.पा. ९ ठेगाना भएका बर्ष २७ को सुनिल लामा, जिल्ला झापा मेचीनगर न.पा. ९ ठेगाना भएका बर्ष ३१ को विवेक गौतम , भारत उदयपुर जिल्ला भुपालपुरा थाना वडा नं. २९ ठेगाना भएका बर्ष २७ को हर्षित डाँगी, भारत राजस्थान जिल्ला, जयपुर आदर्शनगर थाना ठेगाना भएका बर्ष ३९ को मानिक गुलाटी।
अप्रेशन नं. ३ : औषधीजन्य लागु औषध ट्रामाडोल १२,६०० क्याप्सुल सहित ४ जना पक्राउ परेका छन ।जिल्ला नुवाकोट विदुर नं.पा. ८ ठेगाना भएका बर्ष २८ को अनिल तामाङ,जिल्ला काभ्रेपलाञ्चोक चौरी देउराली गा.पा. २ ठेगाना भएका बर्ष २२ को प्रदिप थापा मगर ,जिल्ला नुवाकोट लिखु गा.पा. ४ ठेगाना भएका बर्ष २३ को सरोज राई,जिल्ला मनाङ डिस्याङ गा.पा. ठेगाना भएका बर्ष २६ को सुमन गुरुङ रहेका छ्न।
पक्राउ परेकाहरु माथी लागुऔषध ऐन २०३३ अनुसार मुद्धामा सम्मानित जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको लागु औषध नियन्त्रण ब्यूरोका सह-प्रबक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनु भयो।



0 comment