काठमाडौं - गण्डकी प्रदेश सरकारले मन्त्रिमण्डल हेरफेर गरेको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन्।

नौ सदस्यीय मन्त्रीमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन्। जसअनुसार कांग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, नम्डु गुरुङ वन तथा वातावरण मन्त्री र  रेखा गुरुङ सामाजिक विकासमन्त्री बनेका छन्।

यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी,लक्ष्मण पाण्डे स्वास्थ्यमन्त्री र यशोदा रिमाल उद्योग तथा पर्यटन बनेका छन्। नवनियुक्त मन्त्रीहरुहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराए।