काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब  पुगेको जनाएको छ ।  चालु आवको फागुनसम्म आइपुग्दा मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको जनाएको छ ।

मुद्रा सञ्चितिलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ।

८ महिनामा अमेरिकी डलरमा मुद्रा सञ्चिति१८.३ प्रतिशतले बढेको छ । जसअनुसार हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो ।