काठमाडौं - पोखरामा ट्रान्स पार्टी गरिरहेका ३८ जनालाई प्रहरीले पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एक घरमा रातिको समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो।

पार्टीमा लागुऔषध प्रयोग र बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। बैदामका डिएसपी नवराज भट्टराईकाअनुसार नियन्त्रणमा लिएकामध्ये आठ जना विदेशी नागरिकको साथबाट लागूऔषध फेला परेको छ। जसमा एक जना ईजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन् । उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।