काठमाडौं - रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा बन्न लागेको सरकारमा चार जना मन्त्रीको नाम टुंगिएको छ ।

गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङलाई दिइएको छ भने अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल र कानू मन्त्रीमा सोविता गौतमको नाम टुंगिएको हो ।

लामो समयको छलफलपछि  सुदनको नाम गृहमन्त्रीमा  फाइनल भएको हो । जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङ सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए । तर सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि दुवै लचक भएको बुझिएको छ ।