काठमाडौं - नेकपा एमालेले समानुपातिक प्रणालीअन्तर्गत चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त नामहरू अनुमोदन गरेको हो। बैठकपछि उपमहासचिव लेखराज भट्टले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरिने जानकारी दिएका छन्।
जनजाति
महिला:
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष:
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खस आर्य
महिला:
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष:
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल
थारु
– कृपाराम राणा (पुरुष)
दलित
महिला:
– विष्णुमाया वी.क.
– नीता घतानी
मधेसी
महिला:
– रिङ्ला यादव
– यशोधा कुमारी यादव
पुरुष:
– चन्द्रेश्वर मण्डल
मुस्लिम
महिला:
– साजिदा सिद्दीकी
उक्त नामहरू औपचारिक रूपमा निर्वाचन आयोगमा सिफारिस भएपछि उनीहरू समानुपातिक कोटाबाट सांसद बन्ने छन्।


0 comment