नेपाली बजारमा सुनको मूल्य एकैदिन ११ हजारले घटेको छ। जसअनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकिएको छ।
सुनको मूल्य अघिल्लो दिन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँ घटेर ५ हजार ५४० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो।


0 comment