काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ८१५ निर्धारण भएको छ । 

सोमबार एक तोला सुन तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६ हजार २० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।