काठमाडौं - नेपालका हाइ प्रोफाइल व्यक्तिहरुको नाम दुरुपयोग गरेर रकम उठाउने अमेरिकी नागरिक पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम लिँदै रकम उठाउने अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । अध्यागमन विभागले ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानअघि बढाएको छ । पक्राउ परेका अमेरिकन नागरिकले अन्तराष्ट्रियस्तरमा ‘फण्ड’ उठाउने उद्देश्यले कलेजका वेबसाइटहरूमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम, तस्बिर राख्दै ‘आवर डाइनामिक टिम’ भनेर उल्लेख गरेका पाइएको छ ।

उनले आफ्नो वेबसाइटमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनादे चौधरीलगायत १३ जनाको नाम राखेका थिए ।