काठमाडौं - निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द गरेको छ । पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा चौधरीको मात्र उम्मेदवारी रद्द भएको छ ।
चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।फौजदारी अभियोग लागेका व्यक्ति चुनावमा उम्मेदवार हुन नपाउने प्राब्धान रहेको छ ।
यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध परेको उजुरी भने खारेज भएको आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालबिक्रम थापाविरुद्ध परेको उजुरीमाथि भने आयोगमा छलफलमै भइरहेको छ ।उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार दिएका थिए ।


0 comment