काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गराएका छन्। 

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयर निर्वाचित भएका  साम्पाङले  मेयर पदबाट राजीनामा दिएर आफ्नै दल खोलेका थिए। अब संघीय सरकारको नेतृत्व गर्ने उनको दाबी छ । 

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालयमा पुगेका थिए ।