काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने भएपछि सो क्षेत्रबाट नैनसिंह महर चुनाब लड्ने भएका छन् ।
२०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेता देउवाले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट महर लड्ने भएका हुन् ।
डडेल्धुरामा महरलाई टिकट दिन पार्टी तयार भइसकेको छ ।
पहिलो विकल्प देउवा नै भएको तर उहाँले आफैले उठ्दिनँ भनेपछि नैनसिंह महरलाई टिकट दिन लागिएको बताईएको छ ।
महरले पनि आफूलाई टिकटको जानकारी दिइएको र लिन बोलाइएको बताएका छन् ।


0 comment