काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

उनले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।

उनको निर्वाचन क्षेत्र डडेलधुरा हो । सो क्षेत्रबाट नै  उनी निर्वाचन लड्दै आएका थिए ।