काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै चुनावी वातावरण बनाई नसकेको आरोप लगाएका छन्। आज झापा पुगेका ओलीले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।  

उनले चुनावी वातावरण नहुँदा नहुँदै पनि अब  एमाले चुनावमा जान तयार रहेको स्पष्ट पारे। सामाजिक सञ्जालको दुरुपयोगका बढिरहेकाले चुनावी वातावरणमा असर पर्ने उनको भनाइ थियो । ओलीले मतदाताहरुमा त्रास, डर धम्की कायमै रहेको पनि बताए ।

ओली विर्तामोड हुँदै दमक जाने र दिउँसो २ बजे दमक स्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए।

भोलि मनोनयन दर्ताको तालिका रहेकाले पनि ओली आज नै झापा गएका हुन् । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन गर्ने र चुनावी रणनीतिक योजनाहरू सार्वजनिक गर्ने एमाले झापाले जनाएको छ। 

जेनजी आन्दोलनमा भएको दमनको छानबिन आयोगले  पुस २१ गते ओलीको स्थान हद फुकुवा गरेको थियो।  जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगेका हुन्