काठमाडौं - कांग्रेसको शेखर कोइराला पक्ष चुनावको पक्षमा उभिएको छ । शेरबहादुर देउवा पक्ष आधाकारिकताको मुद्दा लिए सर्वोच्च पुगेकै दिन त्यही समूहका रहेका कोइरालाले निर्वाचनमा सहभागी हुने जनाएका हुन् । तर,कोइरालाले पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफू अदालतको निर्णय मान्ने बताए ।
आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले निर्वाचनका लागि माघ ६ गतेको मनोनयन मिति सार्न पनि निर्वाचन आयोगलाई अनुरोध गरे । सरकारले निर्वाचन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीको कठिन अवस्थामा मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए । साथै नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न समेत उनले निर्देशन दिए ।


0 comment