काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८.७३ अङ्ककले बढेर २ हजार ६३९.३७ को बिन्दुमा कायम भएको छ । यो १.१० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन.०५, विकास बैंक समूह २.७० र होटल तथा पर्यटन समूह २.५३ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.६७, वित्त ०.८३, जीवन बीमा ०.४९, जलविद्युत् १.१४, लगानी १.२५, लघुवित्त ०.५३, म्युचुअल फण्ड ०.४३, निर्जीवन बीमा ०.५७, व्यापार ०.२२ र अन्य समूह ०.०.७३ प्रतिशतले बढेको छ ।
सागर डिस्टिलरी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रीटेक एन्डस्ट्रीज लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर २.४९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको ३८ करोड ६९ लाख ५० हजार ३४७ बराबरको ६ लाख २२ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।



0 comment