काठमाडौं - हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । सीआईबीले उनलाई काठमाडौँको कपनबाट पक्राउ गरेको हो । 
लामा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त हुन् । गत २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

लामालाई पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले  जानकारी दिए ।