काठमाडौं - निर्वाचन आयोगमा धमाधम दल दर्ता गराए नयाँ तथा पुराना दलहरु निर्वाचन तर्फ केन्द्रित भएका छन् । कतिपय दलहरुले दल दर्ताको प्रमाणपत्र पाएसँगै विचार मिल्ने कुनै अर्को दलसँग मिलेर चुनाव लड्ने घोषणा गर्न थालेका छन् ।

यसैक्रममा जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन निवेदन दिएका छन् । तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

तत्काल  पार्टी एकीकरण गर्न सम्भव नभएपछि ती दलहरु एउटै चुनाव चिह्नमा चुनावमा होमिने भएका हुन् ।