काठमाडौं - जनता समाजवादी पार्टी जसपा नेपालको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमहरु शुरु गर्ने भएको छ ।
मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम,कोणसभा गरी जनपरिचालन गर्ने सो पार्टीले जनाएको छ । साथै मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड,ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्नाको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यस्तै मङ्सिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्ने बताइएको छ ।
जसपा नेपालको प्रदेश स्तरीय जन प्रदर्शन एवं विरोध सभाका कार्यक्रम अन्तर्गत पुस १२ गते विराटनगरमा,पुस १४ गते जनकपुर,पुस १७ गते भैरहवामा तय गरिएको छ ।
पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामा आज देश भरका जिल्ला प्रशासन कार्यालयहरूमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापी रूपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको सो पार्टीले जनाएको छ ।


0 comment