काठमाडौं - अभियन्ता खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ । आयोगले आज सुनारलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै दल दर्ता प्रक्रिया पूरा भएको हो।

आयोगमा दर्ता भएको नयाँ दलको चुनाव चिन्ह गोलो घेरा भित्र रहेको ‘लाइक’ चिह्न तोकिएको छ। प्रमाणपत्र बुझ्न सुनार बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए।

सुनार नेतृत्व समूहले गत कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। सोही निवेदनको प्रक्रियागत समीक्षा सम्पन्न भएपछि आज आयोगले दल दर्ताको आधिकारिकता प्रदान गरेको हो।